उपभाेक्ता

हाम्रो पात्रो अब भाइबरमा पनि

काठमाडौं, २५ कात्तिक –कुनैपनि ब्राण्ड अथवा उत्पादकहरू भार्इबरमा उपलब्ध आफ्ना फलोअरहरूसम्म सहज रूपमा पुग्नकालागि हाम्रो पात्रोले यहाँहरूकालागि लिएर आएको छ 'Hamro ChatBot' ।

viber जसको प्रयोगबाट ब्राण्ड तथा उत्पादनहरूले आफ्ना फलोअरहरूसम्म तत्काल कुनै जानकारीलार्इ नोटिफिकेशनको रूपमा पठाउन, Chat गर्न, भोटिङ्ग अथवा सर्वेक्षण गर्न, समाचार सम्प्रेषण गर्न अथवा Youtube भिडियो प्रशार गर्न सक्नेछन् ।

आफ्नो ब्राण्ड अथवा उत्पादनकालागि आफ्नै ChatBot बनाउन अथवा यस बारे थप जानकारी लिन चाहनुहुन्छ भने 'Hamro ChatBot'को आधिकारीक वेबसाइट http://chatbot.hamropatro.com भिजिट गर्नुहोस् ।

बजार व्यवस्थापन अथवा पहुँचमा तपार्इको आवश्यक्तालार्इ भाइबरसम्म जोड्न यो एउटा प्रभावकारी माध्यम बन्नेछ ।

बिहीवार २५ कात्तिक २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस